६ बैशाख २०८१, बिहीबार

कारोबारसँगै झर्‍यो नेप्से बजार



काठमाडौं । सोमबार ७.९० विन्दुले बढेको सेयर बजार परिसूचक नेप्से मंगलबार ३२.२९ विन्दुले झरेर २७३३.१४ विन्दुमा आएर थामियो । यस दिन नेप्से परिसूचकसँगै कारोबारमा पनि गिरावट आयो ।

यस दिन अन्य समूहबाहेक अरू कारोबार भएका सबै समूहमा गिरावट आयो । निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च २०१.५ अंकको गिरावट आयो भने जीबन बिमा समूह पनि १८९.५२ अंकले झर्‍यो । यस्तै, विकास बैंक समूहमा ११९.९८ अंकले गिरावट आउँदा उत्पादनमूलक समूह पनि १०१ अंकले ओर्लियो ।

यस दिन कारोबार परिमाणमा पनि गिरावट आयो । २२७ कम्पनीको ७४ लाख ४८ हजार कित्ता सेयर चार अर्ब १६ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दा सेयर बजारसँग सम्बन्धित विषयको सम्बोधन हुने र नहुने भन्नेमा सेयर लगानीकर्ता अन्योल देखिएकाले कारोबार परिमाण पनि घट्दै गएको विश्लेषक बताउँछन् ।

 



प्रतिक्रिया दिनुहोस !