२० बैशाख २०८१, बिहीबार

आज कति जनालाई लाग्यो कोरोना ?



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार १७४ वटा नमुनाको परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।

आज २७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !