१५ चैत्र २०८०, बिहीबार

पिसिएल नर्सिङमा खुल्यो भर्ना, मंसिर २८ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि विद्यार्थी भर्न खुला गरेको छ। सिटिइभिटीले विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ।

सिटिइभिटीले पूर्ण शुल्कमा पढ्न चाहने र छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीलाई २८ गतेभित्र सिटिइभिटीमा आवेदन दिन सकिनेछ ।

सिटिइभिटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ। यी सबै कलेजमा गरी सिटिइभिटीले करिब १६०० सिट छुट्याएको छ।

आंगिक र साझेदारीका ४ वटा र ४१ वटा निजी नर्सिङ कलेजले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाएका हुन्। सिटिइभिटीले कलेजको नाम आज सार्वजनिक गर्ने जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस !