६ बैशाख २०८१, बिहीबार

एमाले महाधिवेशन : ठाउँठाउँमा स्वागतद्वार निर्माण



चितवन। चितवनमा पर्सि देखि सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको चितवनमा तीव्र तयारी भइरहेको छ ।

महाधिवेशनलाई लक्षित गरेर चितवनका ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा स्वागतद्वार निर्माण गरिएको महाधिवेशन प्रचार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट चितवन भित्रने सिमाना मौवा खोला, पोखरालगायतका जिल्लाबाट चितवन भित्रिने सिमाना मुग्लिन, पश्चिम नेपालबाट चितवन भित्रने सिमाना पुलचोक र पूर्वि नेपालबाट चितवन भित्रिने सिमाना लोथरमा स्वागतद्वार निर्माण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !