२० बैशाख २०८१, बिहीबार

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम कति ?



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेर बन्द भएको छ। यस दिन सेयर बजार मापक परिसूचक ‘नेप्से’ १.८२ अंकले बढेर २७३४.९४ विन्दुमा उक्लिएको छ। मंगलबार नेप्सेमा ३२ अंकको गिरावट आएको थियो।

यसदिन ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने घटेको छ। सेन्सेटिभ परिसूचक ०.२८ अंकले घटेर ५१५.२० विन्दुमा रोकिएको छ।

आज चार अर्ब २१ करोड ७४ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्‍जले जानकारी दिएको छ। आज कारोबारमा आएका कूल २२७ कम्पनीका ७४ लाख ४५ हजार २२७ कित्ता सेयर ५४ हजार ७०३ पटक किनबेच भएका थिए।



प्रतिक्रिया दिनुहोस !