८ बैशाख २०८१, शनिबार

पढेको कुरा सम्झिने यस्तो छ तरिका



काठमाडौं । पढाई सबैका लागी अनिवार्य हुन्छ । अझ पढ्एको कुरा सम्झनु विद्यार्थी जिवनमा त झन महत्तवपुर्ण नै हुन्छ ।

चाहे जुनसुकै उमेरका विद्यार्थी किन नहोउन् यो समस्या देखिएकै हुन्छ । यहीँ भुल्ने बानीले होला परीक्षामा शत प्रतिशत नतिजा आउँदैन । स्मरण शक्ति बढाउने भन्दै मानिसले विभिन्न खाले उपाय अपनाउँछन् र ती उपायले नि काम नगरेपछि निरास हुने गर्दछन् ।

पैताला जोडेर सिधा उभिनुहोस् ।एक हातलाई सिधा अगाडि लग्नुहोस् भने अर्कोलाई सिधा तल झार्नुहोस् ।त्यसपछि सबै ध्यान मस्तिष्कमा केन्द्रित गर्नुहोस् । दश पटक लामो सास लिनुहोस्  र छाड्नुहोस् ।

माथिपट्टि हेर्नुहोस् र शरीर सिथिल पार्नुहोस्, यो प्रक्रिया केहीबेर दोहोराउनुहोस् ।दैनिक यस्तो योगा गर्दा स्मरण शक्ति बढ्छ ।मन शान्त हुन्छ । आँखाको व्यायाम पनि हुन्छ र मस्तिष्कको शक्तिको विकाश हुन्छ ।

साथै टाउको दुख्ने समस्या कम हुनुका साथै आँखाको दृश्य क्षमता पनि बढ्छ । यद्यपी यी विधि गर्दा मस्तिक स्वास्थ्य रहि भुल्ने बानी पनि कम हुन्छ ।यतिले मात्र पढाईलाई सहज र सजिलो बनाउन सकिदैन अन्य कुरामा पनि ध्यान दिन जरुरी छ जसका लगाी केहि टिप्सहरु तल उल्लेख गरेका छन्।

१.अन्डरलाइन गरेर पढ्ने

कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्को पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ ।

२. आफ्नो नोट आफैँ बनाउने

धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधी सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न ।

३. लेख्ने पूर्वाभ्यास

पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटी अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।

४. सर्टकट बनाएर पढ्ने

कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । इतिहास, विज्ञान, अर्थशास्त्र र गणितका सूत्र सम्झन सर्टकट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पोइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।

५.प्रयोगात्मकमा ध्यान दिने

पढ्ने विषय पूरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । मानौँ तपाईं नेपालीको विद्यार्थी हुनुहुन्छ भने कथा, कविता कसरी लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरुले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।

६.प्रश्नोत्तर गर्ने

साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरुमा हुन्न ।सानो टिम बनाउनुस्, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्नुस्, त्यसो गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।

७. साथीहरुसँग पर्याप्त छलफल गर्ने

पढ्दापढ्दै कुनै टपिक्स बुझिदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो । समूह बनाएर आ–आफूले रुचीको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्राया विषय समेत सहज बन्छन् ।

८. सिम्बोल दिने

पढेका कुरालाई याद गर्नलाई संकेत पनि दिन सकिन्छ । जस्तो विभिन्न फर्मुलालाई विभिन्न कलरको नामाकरण पनि गर्न सकिन्छ ।

९.टाइमटेबल बनाउने

बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन । कतिपयले पढ्न नभ्याएको पनि बताउँछन् । पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ ।

१०.चार्ट बनाएर पढ्ने

धेरैजसो पढाइमा टप गरेका ब्यक्तिको पढाई शैली हेर्दा उनीहरुले चार्ट बनाएर पढ्ने गरेको देखिन्छ । जस्तै करबारे पढ्दै हुनुहुन्छ भने करको परिभाषाका प्रकारलाई चार्ट बनाएर पढ्दा सहजै सम्झन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !