११ बैशाख २०८१, मंगलवार

एमाले महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने



चितवन । नेकपा ९एमाले०को १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन् । हेलिकोप्टरबाट आउने बताइएको छ ।

नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनसत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कनेछन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी ९लोकतान्त्रिक०का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुंगो लागिसकेको छैन । अन्य राजनीतिक दलका नेता समेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेता समेत आउँदै छन् ।

एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मंसिर १० गते देखि १२ गतेसम्म हुँदै छ ।

महाधिवेशनको उद्घाटनसत्रमा पाँच लाख नेता–कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।



प्रतिक्रिया दिनुहोस !