१२ बैशाख २०८१, बुधबार

राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश (विज्ञप्ति सहित)



काठमाडौं। नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवनमा बुधबार आयोजित छुट्टाछुट्टै समारोहमा सिंगापुर, न्यूजिल्याण्ड, होली सी, टर्की र रोमानियाका राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

सिमोन वोङ वी क्युन (सिंगापुर), डेभिड ग्रेजोरी पाइन (न्यूजिल्याण्ड), लियोपोल्डो गिरेली (होली सी), फिरात सनेल (टर्की) र डानियाला मारियाना (रोमानिया) ले नेपालकी राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

 




प्रतिक्रिया दिनुहोस !