१२ बैशाख २०८१, बुधबार

एमाले महाधिवेशन : पत्रकारका लागि प्रेस चौतारीको स्थापना



चितवन। प्रेस चौतारी नेपाल चितवन शाखाले यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले)को दशौं महाधिवेशनलाई लक्षित गरेर हेल्प डेस्क स्थापना गरेको छ ।

देशभरबाट महाधिवेशनको रिर्पोटिङ्ग गर्न चितवन आउने पत्रकारहरुका लागि प्रेस चौतारी चितवन शाखाले हेल्प डेस्क स्थापना गरेको हो ।

पत्रकार महासंघ चितवन शाखाका निवर्तमान अध्यक्ष एवम् प्रेस चौतारी चितवनका पूर्वअध्यक्ष राधेश्याम खतिवडाको संयोजकत्वमा ९ सदस्यीय हेल्प डेस्क समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेल, प्रेस चौतारी चितवन शाखाका अध्यक्ष सुवास पण्डित, प्रेस चौतारीका सल्लाहकार सन्तकुमार चौधरी, बागमति प्रदेश कमिटी सदस्य रामकान्त पौडेल, होमनाथ सापकोटा, शान्ता अधिकारी, मनोज घिमिरे र सचिवालय सदस्य गोविन्द घिमिरे रहेका छन् ।

चौतारी हेल्प डेस्कमार्फत देशभरबाट आउने पत्रकारहरुका लागि समन्वय र सहजीकरण गरिने प्रेस चौतारी चितवनले जनाएको छ । पत्रकारलाई चितवनमा कहिँकतै केही असजिलो र अफ्ठ्यारो महसुश नहोस् भनेर हेल्प डेस्क स्थापना गरिएको हो ।

नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्र स्थल नारायणी नदी किनारमा पत्रकारलाई रिर्पोटिङ्गका लागि पार्टीले छुट्टै स्थानको व्यवस्था गरेको जनाएको छ । यस्तै बन्द सत्र हुने चितवनको सौराहमा मिडिया सेन्टर समेत स्थापना गर्न लागिएको छ ।



प्रतिक्रिया दिनुहोस !