१२ बैशाख २०८१, बुधबार

नेपाली महिला टोली कुवेत माथि विजयी



काठमाडौं । आईसीसी ट्वान्टी–२० महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले आज कुवेतमाथि ९ विकेटको विजय हासिल गरेको छन् ।

दुबईस्थित आईसीसी एकेडेमीको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो । २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।

कुवेतकी प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । मार्यम ओमारले सात, मारिया जसभीले पाँच र आकृति बोसले दुई रन बनाएका थिए । कुवेतका सात ब्याट्सम्यानले रनको खाता नै खोल्न सकेनन् ।

नेपालकी कप्तान रुविना क्षेत्री र संगीता राईले समान तीन विकेट लिए । करुणा भण्डारी र सरस्वती कुमारीले एकरएक विकेट लिए । २८ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर सीता रानामगरलाई शून्यमा गुमाए पनि रुविना क्षेत्री र इन्दु वर्माले नेपालको इनिङ सम्हाले । रुविनाले अविजित १२ रन बनाउँदा इन्दुले अविजित १३ रनको योगदान गरिन् ।

नेपालको यो लगातार दोस्रो जित हो । जितसँगै नेपालले ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा उक्लिएको छ । समान ४ अंक रहेको युनाइटेड अरब इमिरेट्स (यूएई) दोस्रो स्थानमा झरेको छ । यूएईले आजै भुटानविरुद्ध खेल्दै छ । यूएईले भुटानलाई हराए पुनः शीर्ष स्थानमा उक्लनेछ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले हारेको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । कुवेतको भने यो लगातार तेस्रो हार हो । कुवेत यसअघि मलेसियासँगग ८१ रन र भुटानसँग ४० रनले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !