१२ बैशाख २०८१, बुधबार

एमाले महाधिवेशनको चितवनका मुख्य बजार क्षेत्रमा देखियो यस्तो रौनक (फोटो फिचर)



काठमाडौं । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा उद्घाटन हुँदैछ । शुक्रबार दिउँसो नारायणी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने पर्यटकीस्थल सौराहमा हुनेछ ।

एमालेले महाधिवेशनको तयारी करीब पूरा भएको जनाएको छ । शुक्रबार महाधिवेशनको उद्घाटन हुने भएकोले आज बिहीबार प्रतिनिधि र एमाले नेता, कार्यकर्ताहरू चितवन केन्द्रित भएका छन् ।

उद्घाटनको पूर्वसन्ध्यामा चितवन जिल्ला नै एमाले महाधिवेशनमय बनेको छ । पूर्वपश्चिम राजमार्गस्थित नारायणगढ, गैँडाकोट क्षेत्रलगायत चितवनका मुख्य बजार क्षेत्र, चोक, सडकहरूमा सूर्य अंकित झण्डा फहराइरहेका छन् । सडकमा गेट निर्माण गरिएको छ ।

सडकमा झण्डा बोकेका मोटरसाइकल र चारपाङ्ग्रे सवारी साधन गुडिरहेका छन् । ठाउँठाउँमा एमाले कार्यकर्ताको भीड लागेको छ । उद्घाटनस्थल नारायणी किनारमा मञ्च ठडिएको छ । नारायणी वारिपारि टाँगिएका झण्डा र ब्यानरले उक्त क्षेत्र रंगिन बनेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !