एमाले महाधिवेशन : टाँडीचोकसम्म जाम

चितवन। नेकपा एमालेको दसौं महाधिवेशनको उद्घाटन सत्रमा कार्यकर्ता बोकेर आएका सवारी साधनहरु जाममा परेका छन् ।
भरतपुरबाट सुरु भएको जाम रत्ननगरको टाँडीचोकसम्म आइपुगेको छ । कार्यकर्ता बोकेर आएका सयौं मिनीबस पूर्वपश्चिम राजमार्गमा रोकिएका छन् । पूर्वी नेपालबाट महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आएका कार्यकर्ता जाममा परेका छन् । जामका कारण सवारी साधन छिराउन नसकेपछि कार्यकर्ता बोकेका गाडीहरु फर्किन थालेका छन् । जाम खुलाउन प्रहरीले भित्री सडकबाट सवारी साधन पठाउन सुरु गरेको छ ।
सयौैं गाडीहरु जाममा परेपछि टाँडाटाडाबाट आएका कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुन नपाइ फर्किनु परेको छ ।