१५ चैत्र २०८०, बिहीबार

एमाले महाधिवेशन :एमाले अध्यक्ष ओली बन्दसत्र स्थलमा प्रवेश



सौराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा प्रवेश गरेका छन् ।

सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसंग परामर्शमा रहेका ओली करिब १२ : २० मिनेट जाँदा बन्दसत्र स्थलमा प्रवेश गरेका हुन् । होटल सेभेन स्टारको पूर्वतर्फ रहेको बन्दसत्र स्थलमा ओली प्रवेश गर्दा नेता तथा कार्यकर्ताले उनको समर्थनमा नाराबजी समेत गरेका छन् । विहानै देखि सहमतीको लागि दवाव दिँदै आएका नेता तथा कार्यकर्ताहरुले ओली बन्दसत्र स्थलमा आउदा पनि सहमतीको लागि नाराबाजी गरेका थिए ।

ओली बन्दसत्रमा प्रवेश गरेसंगै अबको केही बेरमा बन्दसत्र सुरु हुने छ ।



प्रतिक्रिया दिनुहोस !