२० बैशाख २०८१, बिहीबार

आज कति जनालाई लाग्यो त कारोना ?



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ९०९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ७ हजार १०४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ८१ जना र १ हजार ८०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा गरि जम्मा ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ । पछिल्लो २४ घण्टामा २९८ जना कोरोनामुक्त भए भने ३ को मृत्यु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !