१९ बैशाख २०८१, बुधबार

नेपालमा थप १५८ जनामा कारोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९१८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ । पछिल्लो २४ घण्टामा ३४२ जना कोरोनामुक्त भए भने २ को मृत्यु भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ४२ जना निको भएर घर फर्किएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !