१२ बैशाख २०८१, बुधबार

आज केहि स्थानमा बर्षा र हिमपातको सम्भावना



काठमाडौं । अहिले देशभर चिसो भइरहेको छ। आज तराई भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर सामान्य बदली रहने जनाएको छ । त्यस्तै केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

देशभर सामान्य बदलि रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

आज दिउँसो देशभर सामान्य बदलीको सम्भावना रहेको छ । त्यस्तै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थान र लुम्बिनी, बागमती र प्रदेश न। १ को भू-भागहरुका थोरै स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तैसुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरुमा हल्का पानी पर्ने सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !