४ बैशाख २०८१, मंगलवार

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा



काठमाडौं। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान ललितपुरमा काँग्रेस प्रचार,प्रसार समितिले पत्रकारसँगको छलफलमा महाधिवेशनको प्रचार प्रसारको तयारीबारे जानकारी गराएका हुन् ।

१४ औँ महाधिवेशनका लागि २९ वटा मतपत्र हुने प्रचारप्रसार समितिले जनाएको छ । भृकुटीमण्डपमा र पुलिस क्लबमा मतदान स्थल बनाइने छ । एक जनालाई मत गर्न १ घण्टा समय लाग्ने अनुमान गरिएको छ । प्रदेश अधिवेशन सकिएपछि नेताहरूबिच सहमति विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सकिने अनुमान छ । सहमति नभए कागजी मतदान हुनेछ । सभापति शेरबहादुर देउवाले ४ बजे महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

काँग्रेस प्रवक्ता शर्माका काठमाडौँमा सार्वजनिक ठाउँमा र सञ्चार मध्यमबाट प्रचार प्रसार गरिने छ । काँग्रेसले “उत्साह, एकता, रूपान्तरण सफल बनाऊ काँग्रेसको १४ औँ महाधिवेशन” नारा बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !