१६ चैत्र २०८०, शुक्रबार

साउदी, यूएईमा देखिन थाल्यो नयाँ भेरियन्ट ‘ओमिक्रोन’



दोहा । नेपाली श्रमिकको श्रम गन्तब्य रहेको साउदी अरेबिया र युएईमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । साउदी अरेबियाले एक जनामा ओमिक्रोन संक्रमणको पुष्टि भएको जनाउदै ती व्यक्तिलाई अलग गरेको जनाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार रियादमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल-अब्देल अलीले उत्तर अफ्रिकी देशबाट फर्किएका एक साउदी नागरिकमा कोभिड-१९ को ओमिक्रोन संस्करण पोजेटिभ देखिएको जानकारी दिए ।

अहिले ती व्यक्तिलाई छुट्टै आइसोलेसनमा राखिएको र उनीसँग सम्पर्कमा रहेकाहरूलाई अलग्गै राखि सबै रोकथाम उपायहरू पालना गर्न अनुरोध गरिएको प्रवक्ता डा. अल-अब्देललाई उद्रित गर्दै स्थानीय संचारमाध्यमले जनाएको छ ।

यसैगरी युएईमा पनि एक जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार अफ्रिकी राष्ट्रबाट आएको एक व्यक्तिमा नयाँ भेरियन्टको ओमिक्रोन पुष्टी भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !