१३ बैशाख २०८१, बिहीबार

गोलाप्रथा लागु भएता पनि सर्वोच्चमा भएन इजलास गठन



काठमाडौं। सर्वोच्च अदालतमा अहिलेसम्म पनि इजलास गठन र पेसी तोकिएको छैन।

बुधबारदेखि प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार कटौती भई गोलाप्रथाले इजलास गठन र पेसी तोक्ने नियम लागु भए पनि आज सर्वोच्च अदालतमा अहिलेसम्म पेसी सूची प्रकाशित भएको छैन।

पेसी सूची प्रकाशित भएपछि सर्वोच्च अदालतको वेबसाइटमा प्रकाशित गरिन्छ। तर अहिलेसम्म पनि वेबसाइटमा पेसी सूची राखिएको छैन।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले कोरोना संक्रमण भएर अस्पताल बस्दा पनि काम मुकायम नतोकी गएपछि संवैधानिक प्रश्न उठाएको नेपाल बार र सर्वोच्च बारका अध्यक्षसँग सर्वोच्च अदालतका न्यायाधीशहरू बिहान १० बजेदेखि छलफलमा थिए।

गोलाप्रथाद्वारा पेसी तोक्दा भने सबै न्यायाधीशहरू उपस्थित हुनुपर्छ।

सर्वोच्च बारका सचिव ऋषि घिमिरेका अनुसार दुवै अध्यक्षले प्रधानन्यायाधीश कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकाले उनी अदालत आएर काम गर्न असमर्थ भएको भन्दै अब संविधानको धारा १२९ ९६० बमोजिम कायममुकायम स्वतस् बरिष्ठ न्यायाधीशले लिएर इजलास अघि बढाउन सुझाव दिएका छन्।

दुवैको सुझाव सुनेपछि सर्वोच्चका न्यायाधीशहरू ‍छलफलमा छन्। बुधबार गोलाप्रथा लागु भएपछि प्रधानन्यायाधीशले तोकेका इजलास एक महिनासम्म बहिष्कार गरेका न्यायाधीशहरू इजलास फर्किएका थिए।

तर नेपाल बारले भने अदालतको काम गर्न असमर्थ भई अस्पताल भर्ना हुँदासमेत संविधान अनुसार कायममुकायम नदिएको भन्दै सर्वोच्च प्रशासन कसले चलाएको छ भन्ने प्रश्न गर्‍यो। बारले नेतृत्वविहीन अवस्थामा इजलास बस्न नदिने भनेपछि न्यायाधीशहरू छलफलमा जुटेका थिए।

बिहीबार १० बजेसम्म उनले खबर लिएर आउनुपर्ने र कस्तो खबर आउँछ त्यसपछि नेपाल बारमा छलफल गरेर अघि बढ्ने भन्दै उनीहरूको छलफल सकिएको थियो।



प्रतिक्रिया दिनुहोस !