१२ बैशाख २०८१, बुधबार

क्यानलाई खेलाडीले दोस्रोपटक बुझाए स्पष्टीकरण



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)लाई चार खेलाडीले दोस्रोपटक स्पष्टीकरण बुझाएका छन् । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले चार खेलाडीले बिहीबार दोस्रोपटक स्पष्टीकरण बुझाएको बताए ।

खेलाडी संघविरुद्ध वक्तव्यबाजी गरेको भन्दै क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको थियो । खेलाडीले पहिलोपटक बुझाएको स्पष्टीकरणमा क्यानलाई दोषी देखाएकाले पुनः सोधिएको सचिव मल्लको भनाइ छ ।

खेलाडीहरूलाई वर्गीकरणको विषयमा चित्त नबुझे क्यानसँग सिधै समन्वय गर्न सकिने व्यवस्था छ । त्यो नभएर खेलाडीले सार्वजनिक रूपमा नै बोल्नु गलत हो । खेलाडीहरूले स्पष्टीकरणको जवाफमा उल्टै क्यानलाई दोषी देखाएका छन् । त्यसैले दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । उक्त स्पष्टीकरण आज आएको छ ।

दोस्रोपटकको स्पष्टीकरणको जवाफ चित्त नबुझे आन्तरिक छलफलपछि आईसीसीसँग समन्वय गर्दै क्यानको अधिकार प्रयोग गर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !