१२ बैशाख २०८१, बुधबार

सेयर बजार राताम्यै, कारोबार रकम कति ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा राताम्यै भएको छ । साताको सुरुवाती दुई दिनमा नै १०० अंकको गिरावटपछि मंगलबार र बुधबार केही स्थिर देखिएको नेप्सेमा साताको अन्तिम कारोबार दिन पनि करिब ५० अंकको उच्च गिरावट भएको छ ।

प्रि–ओपन सेसनमा केही वृद्धि भए पनि नियमित सेसन सुरु भएपछि सुरुवातबाट नै घट्दो क्रममा देखिएको नेप्से ४९.०४ अंकको गिरावट हुँदा २५८४.६१ अंकमा बन्द भएको छ । सुरुवातमा कारोबार रकम न्यून भए पनि अन्तिममा बजार परिसूचक तल झर्दा कारोबार रकम भने केही उकालो लागेको छ ।

बुधबार १४ महिनायताकै न्यून कारोबार भएको बजारमा आज भने कारोबार रकम केही बढेर साढे आठ अर्ब नजिक पुगेको छ । आइबार  नेप्सेमा ०७७ असोजयताकै न्यून दुई अर्ब ७४ करोडको कारोबार भएको थियो । आज कारोबार रकम केही बढेर तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार पुगेको छ । ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । आज नेप्सेमा १८९ कम्पनीको  सेयर कारोबारमा आएकोमा १७७ कम्पनीको  सेयर मूल्यमा गिरावट भएको छ भने ११ कम्पनीको  सेयर मूल्य बढेको छ । एक कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।



प्रतिक्रिया दिनुहोस !