८ बैशाख २०८१, शनिबार

आज नेपालमा कति जनालाई कोरोना ?



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१५ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ४०३ वटा नमुनाको परीक्षण गर्दा ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।

त्यस्तै आज २०१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !