१२ बैशाख २०८१, बुधबार

आज सार्वजनिक भएको कक्षा १२ को नतिजा यसरी हेर्नुहोस्



 

काठमाडौं । राष्ट्रिय परीक्ष बोर्डको आज बिहान बसेको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार ७ हजार ६३ जना विद्यार्थीले ए प्लस नतिजा प्राप्त गरेका छन् । त्यस्तै ४८ हजार २३९ ले ग्रेड ए ल्याएका छन् ।

७० हजार १ जनाले बी प्लस प्राप्त गरेका छन् । त्यस्तै ९९ हजार ५३७ जनाले बी ग्रेड प्राप्त गरेका छन् । ७५ हजार ०८८ जनाले सी प्लस नतिजा प्राप्त गरेको बोर्डले जनाएको छ ।

२४ हजार ५१५ जनाले ग्रेड सी ल्याएका छन् । ३ हजार ८७५ जनाले डी प्लस प्राप्त गरेका छन् । नतिजा डी ल्याउनेको संख्या २९६ छ । त्यस्तै १० हजार ०७६ जनाले ग्रेड ई प्राप्त गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

यस वर्षको परीक्षाफल हेर्न परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ । परीक्षाफल हेर्नका लागि बोर्डको वेभसाइटमा https://neb.ntc.net.np/ लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ भने एसएमएस गर्नका लागि NEB  टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । त्यसैगरि आईभिआर प्रविधिबाट नतिजा थाहा पाउन १६०१ डाइल गर्न सकिने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !