१५ चैत्र २०८०, बिहीबार

भोलि विवेकशील साझा पार्टीले दुई पार्टीसँगको एकता घोषणा गर्दै



काठमाडौं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच शनिबार पार्टी एकता घोषणा गर्ने भएका छन् ।

वैकल्पिक शक्ति निर्माण गर्न तीन पार्टीबीच एकता घोषणा हुन लागेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

पाठकका अनुसार रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा, कर्णबहादुर शाही संयोजक रहेको सिटिजन्स र एसपी शाह सारथी अध्यक्ष रहेको जनता दरबारबीच शनिबार दिउँसो १ बजे जाउलाखेलमा पार्टी एकता घोषणा हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !