१२ बैशाख २०८१, बुधबार

आठ महिनापछि शून्य हुदैं कोभिडबाट मृत्यु हुनेको संख्या



काठमाडौं। नेपालमा आठ महिनापछि कोभिड १९ बाट मृत्यु हुनेको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर २४६ जना कोभिड संक्रमित थपिएका छन् ।

७ हजार ८३६ वटा नमूनाको परीक्षण गर्दा २४६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या शून्य छ । नेपालमा चैतपछि पहिलो पटक कोभिड १९ का कारण मृत्यु हुनेको संख्या शून्य भएको हो । यसअघि नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको थियो ।

त्यस्तै आज ३४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !