११ बैशाख २०८१, मंगलवार

विदेशी लिग खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी



काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी सीताराना मगर विदेशी लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।

सीताले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी हुन् । योसँगै सीता विदेशी लिग खेल्ने पहिलो नेपाली महिला क्रिकेट बनेकी छन् ।

फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता आगामी सन् २०२२ मे १ देखि १५ सम्म हुनेछ । ६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रीत कौर, पाकिस्तानकि सना मिरको सहभागीता हुनेछ ।

सीताले कुन टोलीबाट खेल्ने भन्ने फाइनल भएको छैन । सीताले सन् २००७ मा नेपाली टोलीबाट डेब्यु गरेकी थिइन् ।

सीताले पहिलो पटक विदेशी लिग खेल्न पाउँदा खुसी लागेको बताएकी छन् । साथै उनले आफूले विदेशी लिग खेल्न पाउँदा अन्य नेपाली खेलाडीले पनि अवसर पाउने बताइन् ।



प्रतिक्रिया दिनुहोस !