११ बैशाख २०८१, मंगलवार

हङकङमा हुने क्रिकेट फ्रेंचाइजी खेल्दै महिला क्रिकेटर सीता



काठमाडौं। नेपाली क्रिकेटर सीता राना मगर हङकङमा आयोजना हुने महिला टी(२० फ्रेन्चाइज खेल्ने भएकी छन्।

हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्नका लागि उनी छनोट भएको क्विन्स इभेन्टस म्यानेजम्यान्टले जनाएको छ। उनी विदेशी प्रतियोगिताका लागि छनोट हुने नेपालकी पहिलो महिला खेलाडी बनेकी छन्।

क्विन्स इभेन्ट मेनेजमेन्टले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप–कप्तान समेत रहेकी रानामगरले हङगङगमा हुने प्रतियोगिता खेल्ने जानकारी गराएको हो। क्विन्स इभेन्ट मेनेजमेन्टले राना मगरलाई एजेन्सी सेवा प्रदान गर्नेछ। यो प्रतियोगिता आगामी सन २०२२ मे १ देखि मे १५ सम्म हङकङमा खेलिने छ।



प्रतिक्रिया दिनुहोस !