११ बैशाख २०८१, मंगलवार

आज नेपालमा कति जनालाई कोरोना ?



काठमाडौं । नेपालमा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं। पछिल्लो २४ घण्टामा ६ हजार ७९७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २३८ जनाको नतिजा पोजिटिभ आएको हो । पाँच हजार २९५ नमुनाको पीसीआर परीक्षण गर्दा २२० र एक हजार ५०२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८ जनामा गरि जम्मा २५८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३९२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख चार हजार १०८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !