७ बैशाख २०८१, शुक्रबार

शेयर बजार खुलेको दुई घण्टामै बजार रातामै



काठमाडौं । साताको पहिलो दिन शेयर बजार खुल्ने बित्तिकै उच्च अकंको गिरावट देखिएको छ । बजार खुलेको 2 घण्टामा बजार परिसूचक नेप्से ६५.३२ अंकले घटेको छ । दोस्रो बजारमा २२२ कम्पनीको शेयर आइतबार कारोबारमा आएका छन् ।

जसमध्ये १७९ कम्पनीको शेयर मूल्य घट्दा ७ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । यस्तै २ कम्पनीको शेयर मूल्य स्थिर छ । यो समाचार तयार पार्दासम कारोबारमा आएका १२ मध्ये सबै उपसमूह राताम्मे भएका छन् । यसमा पनि जीवन बिमा र निर्जिवन बिमा उपसमूहमा उच्च अकंको गिरवट देखिएको छ ।

ङ्यादी हाइड्रो पावर, बोटलर्स नेपाल तराई, र एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य बढेका छन् भने सिभिल लघुवित्तको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ । यस्तै सबैको र ग्लोबल आईएमई लघुवित्त र सिन्त्रु बिकास बैंकको शेयर पनि घटेका छन् ।



प्रतिक्रिया दिनुहोस !