११ बैशाख २०८१, मंगलवार

किन गरीन् कल्पनाले हिरासतमै आत्महत्या प्रयास



बझाङ। जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन्।

जिल्लाको जयपृथ्वी नगरपालिका–३ डुङ्ग्री बजारमा रहेको आफ्नै किराना पसलबाट २८ किलो चरेशसहित पक्राउ परेकी ३४ वर्षीया कल्पना रोकायाले आइतबार जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा आत्महत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

अनुसन्धानका लागि हिरासतमा राखिएको थियो। आज बिहान ११ बजेतिर हिरासतको शौचालयमा हाते रुमालको प्रयोग गरी आत्महत्या गर्ने प्रयास गरेको थाहा भए पछि बचाइएको हो

मंसिर १४ गते डुङ्ग्री बजारमा रहेको आफ्नै किराना पसलबाट चरेशसहित पक्राउ परेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी थिइन्।



प्रतिक्रिया दिनुहोस !