११ बैशाख २०८१, मंगलवार

थप २४ घण्टामा कति जनालाई लाग्यो त कारोना ?



काठमाडौं । पछिल्लो थप २४ घण्टामा देशभर २०५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । १० हजार ७४७ वटा नमूनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।

आज ४३६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !