११ बैशाख २०८१, मंगलवार

घट्यो आज सुनचाँदीको मूल्य



काठमाडौं । मंगलबार सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको मूल्यको तुलनामा सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र चाँदी एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार सुन र चाँदी क्रमशः ९२ हजार रुपैयाँ र एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत सोमबारको मूल्य २०० रुपैयाँले नै घट्दै आज ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !