१२ बैशाख २०८१, बुधबार

अब दैनिक टेकु अस्पतालमा कोभिडविरुद्धको खोप सेवा सुरु



 

काठमाडौं । अब दैनिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिडविरुद्धको खोप सेवा सुरु गरेको छ।

टेकु अस्पतालले स्वास्थ्य मन्त्री विरोध खतिवडाको मौखिक निर्देशनपछि आइतबारबाट कोभिडविरुद्धको खोप सुरु गरेको हो। सर्वसाधारणका लागि हरेक दिन बिहान ८ देखि अपरान्ह ४ बजेसम्म कोभिडविरुद्धको खोप दिने व्यवस्था मिलाइएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिएका छन्।

हाल अस्पतालमा एस्ट्राजेनेका र भेरोसेल खोप चलिरहेको छ। यी दुवै खोप १८ वर्षमाथिका उमेर समूहले लगाउन मिल्छ। सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप लगाउने घोषणा गरेसंगै कोभिडविरुद्धको खोप लगाउ तिब्रता दिएको छ।



प्रतिक्रिया दिनुहोस !