६ बैशाख २०८१, बिहीबार

चितवनका ८४ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप



 

चितवन, पर्सा । चितवनमा ८४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिएकिछिन् ।

स्वास्थ्य कार्यालयको तथ्यांक हेर्दा चितवनमा पहिलो डोज लगाउने तीन लाख १४ हजार ५५० जना छन् भने, पूर्ण दुवै डोज खोप लगाउने दुई लाख ६० हजार ४८ जना रहेका छन् । अहिले चितवनमा कोरोना परीक्षण घट्दै गएको छ भने कोरोना संक्रमण दर पनि ज्यादै कम छ ।

सरकारले पनि आगामी चैतसम्म लक्षित सबै नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप लगाउने घोषणा गरेको छ । पछिल्लो समय विभिन्न मुलुकमा कोभिड १९ को नयाँ भेरियन्ट देखा पर्न थालेपछि खोपलाई थप तिब्रता दिन थालेको छ।

 

 

 



प्रतिक्रिया दिनुहोस !