७ बैशाख २०८१, शुक्रबार

कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी महिलाको कोरोनाकै कारण मृत्यु



चितवन । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.प्रशान्त बिडारीले जानकारी दिएका छन् ।

डा.बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !