७ बैशाख २०८१, शुक्रबार

अझै शेयर बजारको ओरालो यात्रा कायमै



काठमाडौं। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि शेयर बजार घट्नेक्रम जारी रहेको छ । नेपाल स्टक एक्सेन्च (नेप्से) सूचकका साथमा खरिदबिक्री रकम पनि घटेको छ ।

यस दिन नेप्से सूचक ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा आइपुगेको छ । नेप्से ०.२४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.४३ अंकले बढेर ४६५.२३ विन्दुमा पुगेको छ ।

कूल २३१ वटा कम्पनीको ६२ लाख २३ हजार ७ सय २१ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।यो औसतभन्दा निकै कम कारोबार रकम हो ।

 



प्रतिक्रिया दिनुहोस !