१५ चैत्र २०८०, बिहीबार

चितवनमा थपिए संक्रमितको सङ्ख्या



चितवन। चितवनमा पछिल्लो २४ घण्टामा स्वास्थ्य कार्यालय चितवनका अनुसार ३११ जनाको पिसिआर परीक्षण गर्दा १२ जना कोरोना संक्रमित थपिएका छन् । यसअवधिमा सात जना संक्रमित मात्रै संक्रमणमुक्त भएका छन् ।

अहिले चितवन जिल्लामा कोरोनाका १४५ जना सक्रिय संक्रमित छन् । जसमध्ये १३७ जना होम आइसोलेसनमा र आठ जना अस्पताल आइसोलेसनमा छन् । भरतपुर महानगरमा मात्रै ११२ जना छन् भने खैरहनी र रत्ननगरमा ९ र ९ जना, राप्तीमा सात, कालिकामा पाँच, माडीमा दुई र इच्छाकामनामा एक जना सक्रिय संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस !