१३ बैशाख २०८१, बिहीबार

ए डिभिजन लिग : एपीएफ र थ्री स्टार भिड्दै



काठमाडौँ। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एपीएफ फुटबल क्लबले थ्री स्टार क्लबको सामना गर्दै छ ।

आज आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा थ्री स्टार र एपीएफ क्लबबीच पौने ५ बजे प्रतिस्पर्धा सुरू हुनेछ । एपीएफ थ्री स्टारलाई हराएर पहिलो अंक जोड्न चाहन्छ । एपीएफले तीन खेल खेल्दा अंक जोड्न सकेको छैन । जारी लिगमा एपीएफ पुछारमा छ ।

एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३/२ गोल अन्तरले पराजित भएको थियो दोस्रो खेलमा च्यासल युथसँग १/० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४/१ ले पराजित भएको थियो ।

थ्री स्टार भने दोस्रो जितको खोजीमा हुनेछ । एपीएफलाई हराएर थ्री स्टार शीर्ष पाँचमा उक्लन चाहन्छ । थ्री स्टार तीन खेलमा चार अंक जोडेर आठौं स्थानमा छ ।

थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३/० ले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १/० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १/१ गोलको बराबरीमा रोकिएको थियो । जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !