१२ बैशाख २०८१, बुधबार

युवराज न्यौपानेद्वारा सभापतिबाट उम्मेदवारी फिर्ता



काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार सभापतिमा उम्मेदवारी दर्ता गरेका  न्यौपानेले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिँदै उनले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाई समर्थन गर्ने जनाएका छन्। आफ्नो अजेण्डा कोइरालाको टिमबाट सम्बोधन हुने देखिएकाले समर्थन फिर्ता लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !