१२ बैशाख २०८१, बुधबार

साफ यू–१९ : नेपालले श्रीलंकाविरुद्ध के गर्ला ?



काठमाडौं। साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ ।

ढाकामा हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । यस बराबरीसँगै दुवै टोलीले पहिलो खेलमै १/१ अंक बाडेका हुन् ।

नेपालले आफ्नो दोस्रो खेल बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ । श्रीलंकाविरुद्धको खेलमा नेपाल पहिलो जितको खोजिमा रहनेछ । तर, श्रीलंकालाई जित्न नेपाललाई सहज भने हुनेछैन् ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !