१२ बैशाख २०८१, बुधबार

कांग्रेस महाधिवेशन : मतपत्र छाप्ने तयारी



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतपत्र छाप्ने तयारी गरिएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपश्चात् मात्रै मतपत्र छाप्न लागिएको हो । आज रातभरि मतपत्र छापिने छ । भोलि बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार काठमाडौंको राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।

मतदान सकिएपछि भोलि नै सभापति पदको मतगणना सुरु गरिने श्रेष्ठले जानकारी दिएका छन् । सभापतिको मतगणना राष्ट्रिय सभागृहमै गरिनेछ । सभापतिको मत परिणाम सार्वजनिकपछि मात्रै अरू पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना गरिने उनले जानकारी दिएका छन् ।

सभापतिमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए पुनः उक्त पदमा दोस्रो चरणको निर्वाचन हुनेछ । कांग्रेसको १४औँ महाधिवेशनका लागि ४३४७ प्रतिनिधि छन् ।



प्रतिक्रिया दिनुहोस !