१६ चैत्र २०८०, शुक्रबार

थप एकको मृत्यु कोरोना संक्रमणबाट



काठमाडौँ। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज नेपालमा कोरोना भाइरसका २ सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २४ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ३४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ६ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ६ सय ८२ जनामा परिक्षण गर्दा २ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस !