१२ बैशाख २०८१, बुधबार

कांग्रेस निर्वाचनमा मतदान शुरू



काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान सुरु भएको छ ।

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान साढे ३ घण्टा ढिला गरी सुरु भएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

आइतबार अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको समितिले रातभरि मतपत्र छपाईलगायतका काम गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !