११ बैशाख २०८१, मंगलवार

आजदेखि ‘हिमालयन रोडिज’ सुरु हुदैं



काठमाडौँ । ‘हिमालय रोडिज’को चौथो सिजन हिमालय टेलिभिजनमा सोमबार यानिकि आजदेखि प्रसारण हुने भएको छ ।

कार्यक्रम हरेक सोमबार बेलुकी ८ बजे प्रसारण हुने छ । यस पटक डिजिटल अडिसनबाट प्रतिस्पर्धी छानिएको हो । यसपटक ‘शो’ को निर्देशक भने परिवर्तन भएका छन् । सिमोश सुनुवारले निर्देशन गर्ने ‘शो’ को अन्य फर्म्याट भने पुरानै रहेको छ ।

शोका होस्ट रेमनदास श्रेष्ठ रहेका छन् भने ग्याङ लिडरहरू लाहुरे, अनुप विक्रम शाही, दिया मास्के र समन श्रेष्ठ छन् ।



प्रतिक्रिया दिनुहोस !