११ बैशाख २०८१, मंगलवार

चितवनको भरतपुरमा गैँडा मृत फेला



भरतपुर । भरतपुर महानगरपालिका १६ विजयनगरमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ ।

सिद्धिगणेश सामुदायिक वननजिक तोरीबारीको बीचमा गैँडा मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ । विजयनगरमा एउटा मृत गैँडा फेला परेको छ । वन कार्यालयले गैँडा १६ वर्षको रहेको अनुमान गरेको छ । प्रारम्भिक अनुसन्धानबाट गैँडा मारेको अनुमान गरिएको छ, यद्यपी पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

मृत गैंडाको खाग र खुरसहित सबै अंगहरु सुरक्षित रहेको छ।



प्रतिक्रिया दिनुहोस !