१२ बैशाख २०८१, बुधबार

कांग्रेस महाधिवेशन : दिउँसो २ बजेसम्म कति मत खस्यो ?



काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान भइरहेको हो ।

राष्ट्रिय सभागृहमा एक र भृकुटीमन्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । तीनवटै स्थानमा गरेर दिउँसो २ बजेसम्म ६०० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए ।

आज बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान मध्याह्न करिब १२ बजेदेखि मात्रै सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !