११ बैशाख २०८१, मंगलवार

‘ए’ डिभिजन लिग : नवौं चरणको खेलसम्म यस्तो छ सार्वजनिक तालिका



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ ।

सोमबार एन्फाले सार्वजनिक गरेको तालिका अनुसार लिगको नवौँ चरणसम्मका तीन खेल पोखरामा हुनेछन् । बाँकी सबै खेल दशरथ रंगाशाला मा नै हुने भएको छ ।

मनाङ मर्स्याङदी क्लबको घरेलु मैदान भएकाले मनाङका तीन खेल पोखरामा हुने भएको छ । पाँचौ चरणमा नेपाल पुलिस क्लबसँग, सातौँ चरणमा ब्रिगेड ब्वाइज र आठौँ चरणमा च्यासल युथ क्लबसँगको खेल मनाङले पोखरा रंगाशालामा खेल्ने छ ।

छैठौँ चरणमा मनाङ र मछिन्द्र क्लबको खेल भने दशरथ रंगाशालामै हुने भएका छ । शीर्ष दुईमा रहेको टोली मनाङ र मछिन्द्रको भिडन्त हुने भएकाले छैठौँ चरणको खेल एएफसी कप छनोटका लागि महत्वपूण रहेको छ ।

सातौँ चरणको समाप्तिमा लिग तालिकाको शीर्ष स्थानमा रहने टोलीले एएफसी कप खेल्न पाउनेछ ।

यस अघि एन्फाले च्यासल र एन्फा कम्प्लेक्समा, र पोखरामा खेल हुने बताएपनि तीन खेल पोखरामा बाहेक अरु मैदान तालिकामा उल्लेख गरिएको छैन ।



प्रतिक्रिया दिनुहोस !