१२ बैशाख २०८१, बुधबार

नेप्सेमा ७९ अंकको गिरावट



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट भएको छ ।

आइतबार ८७ अंकको उच्च गिरावट भएको नेप्सेमा सोमबार पनि ७९.२३ अंकको उच्च गिरावट हुँदा नेप्से २२८२ अंकको विन्दुमा बन्द भएको छ ।

आइतबार ८७ अंकको गिरावट भएको नेप्सेमा आज पनि उच्च अंकको गिरावट भएको छ । विशेष गरेर शनिबार सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई  साम्राज्यवादको विकसित रूप भएको टिपप्णी गर्दा लगानीकर्ताको मनोबल घटेको र नेप्सेमा उच्च गिरावट भयको टिप्पणी भइरहेको छ ।

बजार परिसूचकसँगै सबै उपसूचक राताम्यै भएका छन् । वित्त कम्पनी उपसूचकमा ६.५१ प्रतिशतको गिरावट हुँदा निर्जीवन बिमा र विकास बैंक उपसूचकमा ५ प्रतिशत तथा लघुवित्त, हाइड्रोपावर र व्यापार उपसूचकमा ४ प्रतिशतमाथिको गिरावगट हुँदा बैंकिङ उपसूचक पनि २.०९ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कुल १८९ कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रहँदा  गोर्खाज फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.४७ प्रतितले बढेको छ । यस्तै, बोटलर्स नेपाल तराई, युनिलिभर नेपाल, माउन्टेन इनर्जी र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य बढेको छ ।

आज नेप्सेमा नबिल बैंकको सर्वाधिक १८ करोडको कारोबार हुँदा नेसनल हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्टिलरीको १२ करोडको कारोबार भएको छ । आज दिनभरमा नेप्सेमा ९६ लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ९९ करोड ५६ लाखको सेयर किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस !