१२ बैशाख २०८१, बुधबार

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै सुरु गरिने



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज (सोमबार) नै सुरु गरिने भएको छ।

कांग्रेसको निर्वाचत समितिले मतदान सकिएलगत्तै मतगणना गर्ने गरी तयारी गरिएको जानकारी दिएको छ। निर्वाचत समितिका सदस्य तेज रावलका अनुसार कम्तीमा पनि ८ स्थानमा सभापतिको मतगणना हुनेछ।

मतदान सकिएपछि आजै मतगणना सुरु गरिनेछ । कम्तीमा ८ स्थानमा सभापतिको मतगणना हुन्छ।



प्रतिक्रिया दिनुहोस !