११ बैशाख २०८१, मंगलवार

कांग्रेस सभापति पदको दोस्रो चरणको चुनाव दिउँसो साढे ३ बजेदेखि



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।

पहिलो चरणको कुनैपनि उम्मेदवारले ५० प्रतिसत भन्दा माथि मत ल्याउन नसकेपछि मंगलबार दिउँसो साढे ३ बजे पुनःमतदान हुन लागेको हो ।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !